Interaction and discussion program among stakeholders to provide support for animal welfare legislation Copy

२०८१,श्रावण २५ गते पुल्चोक ,ललितपुर स्थित एलिसा conference को हलमा पशु कल्याण विधेक को लागि पृष्ठपोषण दिनको लागि सरोकारवालाहरु बीच अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरिएको थियोे । उक्त कार्यक्रमको अध्यक्षता नेपाल सरकारका पुर्ब कृषि सचिव हाल नेपाल फार्मर्स एडभाइजरी काउन्सिलका अध्यक्ष डाक्टर योगेन्द्र कुमार कार्कीज्यु बाट भएको थियो ।
सेन्हाज केयर नेपाल आयोजक र नेपाल फार्मर्स एडभाइजरी काउन्सिल प्रा लि सह आयोजक रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि कृषि बिकास मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रज्यु ले पानस्मा बति बाली सो कार्यक्रमको उद्घाटन गर्नु भएको थियोे । काउन्सिलका मेनेजिङ डाइरेक्टर डाक्टर बिमल कुमार निर्मल र सेन्हाज केयर का प्रमुख स्नेहा श्रेष्ठज्यु बाट स्वागत मन्तव्य तथा कार्यक्रम को उदेश्य बारे प्रकाश पार्नु भएको थियोे ।
उक्त कार्यक्रममा नेपाल सरकारका पुर्ब सचिबहरु, सह सचिब,बिभागिय प्रमुखहरू , कानुन बिधहरु, ब्याबसाही किसान हरु ,विभिन्न विशेषज्ञ हरु, पत्रकारतथा पशुपालन क्षेत्रमा लागि रहनु भएका ब्याबसही किसानहरूको सहभागिता रहेको थियोे । उक्त कार्यक्रमलाई नेपाल सरकारका पुर्ब बरिस्ठ पशु बिज्ञ हाल नेपाल फार्मर्स एडभाइजरि काउन्सिलका प्रोग्राम डाइरेक्टर डाक्टर नारायण बाहादुर श्रेष्ठज्यु ले कार्यक्रम लाई रोचक र रमणीय को रूपमा सम्योजन गर्नु भएको थियोे ।
पशु कल्याण विधेकको मस्यौदा लाई विशेष महत्त्व दिएको उक्त कार्यक्रम सफल पार्ने प्रतिबद्धता सहित कार्यक्रमका अध्यक्ष डाक्टर योगेन्द्र कुमार कार्कीज्यु बाट कार्यक्रममा सहभागि सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरिएको थियोे